धुर्मुस, सुन्तलीको मनछुने प्रेम, ३५ औ जन्मदिन

२०७५, ४ आश्विन बिहीबार १९:०१

काठमाडौं असोज ४ । सबैका प्रिय र पुननिर्मणका अग्रणी तथा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’को आज जन्म दिन परेको छ । उनलाई साथी भाई र आफ्न आफन्त हरुले सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन् ।

धुर्मुसले आज बिहिबार ३५ औं जन्मदिन मनाउदै छन् । हास्यकलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ले गरेको कामको चर्चा एकदमै छ । उनले समाज र जनताको हितमा रहेर धेरै काम गरेका छन् ।

भूकम्पपछि सामाजिक काममा सक्रिय रहनुभएका कलाकार सिताराम र कुञ्जनाले धुर्मुस(सुन्तली फाउण्डेशननै सञ्चालन गरेर जनसेवा गरिरहनुभएको छ । धुर्मस सुन्तली फाउण्डेशनले यसअघि गिरान्चौर , मुसहरहरुका लागि सामूहिक वस्ती निर्माण,रौतहतको सन्तपुरमा एकीकृत वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । सनराइज जेन परिवारको तर्फ बाट जन्मदिनको धेरै-धेरै शुभकामना !

Comments

ताजा खबर