नेपाल आइडलका बुद्ध लामा एक्कासी बेहोस भएपछी नर्भिक हस्पिटलमा भर्ना !

२०७५, २ आश्विन मंगलवार १५:३१

काठमाडौं असोज २ । नेपालको चर्चित रियालिटी शो नेपाल आइडल’को पहिलो सिजनका विजेता बुद्ध लामा एक्कासी बेहोस् भएपछि नर्भिक अस्पताल भर्ना भएका छन् । उनी आफ्नो नयाँ गीत रेकर्डिङका लागि स्टुडियो पुगेका उनी एक्कासी बिरामि भएपछी रेकर्डिङ छोडेर आँगनमै बेहोस भएका हुन् ।

हिजो बिहान सामान्य ज्वरो आएकोले उनी स्टुडियोमा गीत रेकर्ड गर्न गएका थिए । तर ज्वरो बढेपछि रेकर्डिङ छोडेर आराम गर्न भन्दै घर पुगेपछी उनी बेहोस भए । त्यसपछी उनलाई तुरुन्तै नर्भिक अस्पताल लगियो ।अहिले नर्भिक अस्पतालमा उनको उपचार चलिरहेको छ ।

उनको रगतमा समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ । चिकित्सकहरुले उनलाई बुधबारसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

Comments

ताजा खबर