एसिया कप क्रिकेटमा श्रीलङ्का प्रतियोगिताबाट बाहिर

२०७५, २ आश्विन मंगलवार १५:२६

अबुधाबी – अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्कालाई सोमबार ९१ रनले पराजित गरेको छ । पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको श्रीलङ्का यो हारसँगै एसिया कप क्रिकेट प्रतियोगिताबाटै बाहिरिएको छ ।

युएईको शेख जाइद रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले संयमपूर्ण ब्याटिङ गरी सबै विकेट गुमाएर २४९ रन बनाएको थियो । श्रीलङ्काको पाली अफगानिस्तानी खेलाडीका अगाडि टिक्न सकेन ।

श्रीलङ्काले ४१.२ ओभरमा १५८ रन मात्र बनाएको थियो । श्रीलङ्कालाई धरासायी बनाउनेक्रममा अफगानिस्तानका खेलाडीहरु रसिद खानले २, मोहम्मद नबीले २ तथा मुजिबउर रहमानले २ विकेट लिएका थिए ।

अफगानिस्तानका लागि रहमत शाहले ७२ तथा इहसानुल्लाह जनतले ४५ रनको महत्वपूर्ण योगदान गरेका थिए ।शनिबार मात्र बङ्गलादेशसँग श्रीलङ्का १३७ रनले पराजित भएको थियो । यो पराजयसँगै श्रीलङ्कामा राष्ट्रिय टोलीको तिब्र आलोचना भएको छ ।मङ्गलबार भारत र हङकङबीच खेल हुनेछ ।

Comments

ताजा खबर