आईजिपी सर्वेन्द्र खनालको प्रहरीलाई चेतावनी सम्झाउदा नमान्ने हो भने जागिरबाटै निकालिदिने ।

२०७५, १ आश्विन सोमबार २०:४८

काठमाडौं– अख्तियारले आफ्ना ९ जना प्रहरी कर्मचारीलाई हत्कडी लगाएसँगै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुलिसको ब्यवहार आफुलाई असह्य भएको बताएका छन् ।

उपत्यकामा कार्यरत परिसर देखी बिट इन्चार्ज सम्मका प्रहरी कर्मचारीलाई आईतबार ब्रिफिङ गर्दै प्रहरी महानिरीक्षक खनालले ‘घुस–काण्ड’का कारण प्रहरीको इमेज बिग्रीएको बताएका छन् । दुई जना जुनियर अफिसर सहित ९ कर्मचारी १ लाख घुस रकम सहित पक्राउ परेपछी उनी आक्रोसित भएका हुन् ।

आईतबार भृकुटीमण्डप स्थित पुलिस क्लवमा आयोजित ब्रिफिङमा कोटेश्वर–काँडाघारी प्रकरणले इमेज बिग्रीएको उल्लेख गर्दै उनले भने, ‘बेला–बेला संझाउँदा पनी परिवर्तन हुन नचाहने कमाण्डर र मातहतका प्रहरी सवै अब तयार भए हुन्छ भन्दै प्रहरी कर्मचारीलाई बर्दिको दैनिकीबाट बिदा हुनका लागी तयार रहन चेतावनी दिए । उनले भनेका छन् ‘संझाउँदा नमान्ने हो भने जागिर छाड्न तयार हुनुस्, अर्को आउँछ ।’

Comments

ताजा खबर