काठमाण्डौ चक्रपथ मनोरेल १ खर्ब १६ अर्बको लागतमा बन्ने भयो

२०७५, २८ भाद्र बिहीबार १८:५८

काठमाडौं भाद्र २८ । काठमाण्डौ महानगरपालिकामा बन्ने मनोरेल निर्माणको प्रारम्भिक अध्ययन पुरा भएको छ । चक्रपथमा बन्ने मनोरेल निर्माणबारे प्रारम्भिक अध्ययन पुरा भएको हो । उपत्यकामा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब लागत लाग्ने भएको छ । चिनियाँ कम्पनी सिसिआरसीले प्रतिवेदनमा उल्लेख गरेको हो ।

चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने दावी सहितको प्रतिवेदन मनोरेल सञ्चालन सम्बन्धी अध्ययन गरेको चिनियाँ कम्पनी सिसिआरसीले सार्वजनिक गरेको हो । सिसिआरसीले काठमाडौँ महानगर तथा ललितपुर महानगरपालिकालाई प्रतिवेदन पेश गरेको हो ।

कम्पनीले दिएको जानकारी अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने र त्यसको ३ वर्षपछि मोनोरेलको काम सम्पन्न हुने उल्लेख छ । मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनी र महानगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । प्रतिवेदनमा भौगोलिक वातावरण सबै प्रकारले उपयुक्त हुने बताइएको छ ।

Comments

ताजा खबर