देउवाको चाहाना जम्बो कार्यसमिति , कार्यसमिति संख्यामा विवाद

२०७५, २६ भाद्र मंगलवार १०:३०

काठमाडौँ भाद्र २६ । कांग्रेस केन्द्रीय कार्यसमितिको आकार कत्रो बनाउने भन्नेमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद देखिएको छ ।सहमति नभएपछि विधान संशोधन मस्यौदा उपसमितिले छुट्टाछुट्टै प्रारम्भिक मस्यौदा मंगलबार केन्द्रीय समितिलाई बुझाउँदै छ ।

संस्थापन पक्षले १ सय ३१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउन प्रस्ताव गरेको छ भने पौडेल पक्षले १ सय १ सदस्य राख्नुपर्ने अडान लिएको छ । सहमतिका लागि १ सय ११ सम्म जान पौडेल पक्ष तयार भए पनि संस्थापनले १ सय ३१ सदस्यमै सहमति खोजेको थियो । संस्थापन पक्षले २ उपसभापति, २ महामन्त्री, ३ सहमहामन्त्री, १ कोषाध्यक्षका साथै वरिष्ठ नेतालाई पनि पदाधिकारीकै हैसियतमा राख्न प्रस्ताव गरेको छ । यसअघि वरिष्ठ नेताको व्यवस्था विधानमा थिएन ।

Comments

ताजा खबर