बलेवा सेबा समाज जापानले तिज मेला सम्पन्न गरेको छ ।

२०७५, २५ भाद्र सोमबार १८:२०
 तोकियो सेप्टेम्बर २ विश्वास आचार्य ।
जापानको टोकियो मेगुरो कुमिन सेन्टर मा बलेवा सेवा समाज जापानले ९ तारिक नेपालि महिलाहरुको महान पर्व हरितालिका तिजको अवरसमा स्वास्थ्य शिविर सञ्चालन तथा विपन्न बर्गका बिरामीको सहयोगार्थ तिज मेला सम्पन्न गरेकोछ । कार्यक्रम दिप पाठक ले सन्चालन गर्नुभयो भने कार्यक्रम को सभापति सस्था काअध्यक्ष सेबकराज पौडेल रहनु भएको थियो ।
कार्यक्रम को प्रमुख अतिथि नेपाली राजदुतावास जापानका महामहिम राजदूत प्रतिभा राणा बिशेष अथिति ICC सदस्य कपिल देब थापा जापानका NRNA जापानका उपाध्यक्ष शिव पौडेल आथितिहरु मा जापानमा रहेका संग सस्था का प्रमुख हरु साथै बुदिजिबी हरु रहनु भएको थियो ।
स्वस्थ शिविरका साथै विदेशमा रेहेका बलेवालि तथा सम्पुर्ण नेपालि मित्रता र आपसि मेलमिलाप वृद्धि गर्ने उद्धेश्य सहित तिजको अबसर मा नेपालका ख्याति प्राप्त कलाकार याम क्षेत्रि, सम्झना लामिछाने मगर मेगुरो कुमिन् हल आफ्नो बेजोड प्रस्तुती दिए । कार्यक्रम मा बलेवा बाट जापान आउनु भएका अभिभाबक हरुलाई खदा ओडाएर सम्मान गरिएको थियो । कार्यक्रम मा नेपाली राजदुतावास जापानका महामहिम राजदूत प्रतिभा राणा ज्यु को हात बाट कलाकार लाई सम्मान पत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रम मा उपस्थित सबैलाई अध्यक्ष सेबकराज पौडेल ले धन्यवाद दिनुभयो ।
https://www.youtube.com/watch?v=KQATME_4HLo&t=13s
Comments

ताजा खबर