निजामती दिवसमा सेवा निवृत्त कर्मचारीलाई सम्मान

२०७५, २२ भाद्र शुक्रबार १२:०१

पाल्पा , भाद्र २२ भबिन्द्र गौतम । नतिजामुखी प्रशासन : समृद्धि र सुशासन’ भन्ने नारासहित निजामती दिवस पाल्पामा पनि विभिन्न कार्यक्रमसहित मनाइएको छ । दिवसको अवसरमा निजामती सेवा दिवस मूल समारोहले सोमबार तानसेन नगरमा प्रभात फेरी सहित सभा आयोजना र कर्मचारी मिलनकेन्द्रले सेवा निवृत्त निजामती कर्मचारीहरूलाई कदर–पत्र सहित सम्मान गरेको हो । समारोहमा बोल्दै जिल्ला न्यायधिस शंकरराज बरालले कर्मचारी राष्ट्रको स्थायी अंग भएकोले निष्ठापूर्वक राष्ट्र सेवामा समर्पित हुनुपर्नेमा जोड दिए ।

उनले कर्मचारीको कार्यसम्पादनका सिलसिलामा मानवीय त्रुटीहरू हुनु स्वभाविक भएको भन्दै कर्मचारीहरू आलोचनामुक्त हुन नसक्ने जनाए । ‘रामराज्य भएमा मात्र आलोचना मुक्त समाजको कल्पना गर्न सकिन्छ ।’ उनले भने –‘कार्यसम्पादनका सिलसिलामा नजानिदो गरी छिटफुट कमजोरी भइनै रहछ । त्यसकारण कर्मचारीहरू पूर्ण आलोचना मुक्त बन्न सम्भव हुँदैन ।’ बरालले सम्मानित सेवा निवृत्त कर्मचारीको सुखद् भविष्यको कामनासहित सेवारत कर्मचारीलाई निस्वार्थ भावले कार्यसम्पादनमा लाग्न सुझाए ।

कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद शर्माले निजामती सेवाप्रति जनचासो बढाउन र कार्यसम्पादनलाई प्रभावकारी बनाउन निजामती सेवा दिवस मनाउदै आएको औंल्याए । उनले जनताको करबाट सुविधा लिने कर्मचारीहरू जनमैत्री कार्यसम्पादनमा क्रियाशिल हुनुपर्नेमा जोड दिए । ‘राष्ट्रसेवक कर्मचारीहरूको स

Comments

ताजा खबर