भत्किएको धरहरा निर्माण गर्न ३ अर्ब ४५ करोडमा ठेक्का

२०७५, १८ भाद्र सोमबार ०८:४२

काठमाडौं भाद्र १८ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भुकम्पबाट भत्किएको धरहरा निर्माण गर्न तीन अर्ब ४५ करोडमा ठेक्का सदर गरेको छ ।सबैभन्दा कम रकममा ठेक्का हाल्ने जिआईटिसी कालिका रमन जेभीलाई धरहरमा निर्माणको ठेक्का पाएको हो ।प्राधिकरणले आईतवार धरहरा निर्माण लागि परेका पाँच कम्पनीको प्रस्ताव खोलेको हो ।धरहरा निर्माणमा ६ कम्पनी इच्छुक देखिएका थिए । तीमध्ये आशिष कन्ट्रक्सन प्राविधिक मृल्यांकनबाटै बाहिरिएको थियो ।

बाँकी रहेका पाँच रहेका कम्पनी सिआईसिओ कालिका रसुवा जेभीले ४ अर्ब ३९ करोड, जेडआइइसी लामा जेभीले ४ अर्ब ५० करोड, सिआरफाईभसिइसी स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड र कुमार सिएफइसीले ४ अर्ब ४९ करोडको प्रस्ताव गरेका थिए ।ती कम्पनीका प्रस्तावभन्दा जिआइइटिसी रमन जेभीको प्रस्ताव कम अर्थात तीन अर्ब ४५ करोड थियो ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

Comments

ताजा खबर