भदौ २५ गतेदेखि नेपाली र्गोखाली सेनाले भारतीय भुमिमा परेड खेल्नेछन्

२०७५, १७ भाद्र आईतवार ०५:४३

काठमाडौं भाद्र १७ । यही भदौ २५ गतेदेखि बिमस्टेक सदस्य राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिमस्टेक सदस्य राष्ट्रका सैनिकबीच संयुक्त अभ्यास हुन लागेको हो ।

अभ्यास एक सातासम्म चल्ने बताइएको छ । सदस्य राष्ट्रबीचको सैन्य अभ्यास यही भदौ २५ गतेदेखि ३१ गतेसम्म हुने तय भएको हो । अभ्यास भारतको पुनामा हुने तय भएको छ । भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनामा हुने संयुक्त अभ्यासमा प्रत्येक मुलुकका ३०/ ३० जना सैनिकको सहभागिता रहने नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिएका छन् ।

संयुक्त सैन्य अभ्यासको निरीक्षण गर्न सदस्य राष्ट्रका सेना प्रमुख समेत पुना पुग्ने तय भएको उनले जानकारी दिएका छन् । सदस्य राष्ट्रका सैनिकको पहिलो पटक हुन लागेको उक्त संयुक्त अभ्यास हो । अभ्यासमा प्रतिआतङ्कवाद र विपद् व्यवस्थापन विषयमा केन्द्रित रहने बताइएको छ ।

विश्वमा निकै नाम कमाएको नेपाली सेनाका अनुसार यस्ता अभ्यासले एक अर्का मुलुकका सेनाबीच घुलमिल हुन, क्षमता बुझन, विपद्को समयमा मिलेर खोज तलास, उद्धार र राहतको जिम्मेवारी पूरा गर्न सहज हुने अपेक्ष गरिएको छ । साथै अरु सहयोग आदानप्रदान गर्न सजिलो हुने नेपाली सेनाको भनाइ छ ।

Comments

ताजा खबर