त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना, विमानस्थलमा उडान अवतरण बन्द

२०७५, १७ भाद्र आईतवार ०२:५८

काठमाडौं । त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो ।

भारी वर्षा भएका कारण अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमान घाँसे मैदानमा पुगेको छ । घटनापछि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण बन्द भएको विमानस्थल स्रोतले जनायो ।
यति एयरलाइन्सका अनुसार यो जहाजले भारतीय पर्यटक बोकेको थियो । जहाजमा चालक दलका सदस्यसहित २१ जना भारतीय पर्यटक थिए । यति स्रोतले विमानस्थल क्षेत्रमा बाक्लो पानी परेपछि जहाज चिप्लिएर दुर्घटनामा परेको हुन सक्ने जनाएको छ ।

कोटेश्वरतर्फबाट अवतरणका क्रममा चिप्लिएको जहाजको अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रो) भाँच्चिएको महाप्रबन्धक क्षत्रीले जानकारी दिए । यो जहाज दुर्घटनामा परेपछि विमानस्थल बन्द छ ।

चिप्लिएर धावनमार्गबाट घाँसे मैदानमा पुगेको जहाजलाई त्यहाँबाट निकाल्ने कोशिश भइरहो छ। यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईका अनुसार जहाजमा सवार २१ जना यात्रु थिए । तनमा पाँचजना सामान्य घाइते भएका छन् ।

Comments

ताजा खबर