फोहर फाल्ने क्रममा छतबाट खसेर ज्यान गयो सिर्जनाको

२०७५, १४ भाद्र बिहीबार १३:३८

नुवाकोट – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।घरको छतबाट फोहर फाल्ने क्रममा आज विदुर नगरपालिका–१ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको मृत्यु भएको हो ।

फोहर सङ्कलन गर्ने गाडी आएपछि उहाँ फोहर फाल्न घरको छतमा चढ्नुभएको थियो ।छतमा कुर्सीमा चढेर फोहर फाल्न खोज्दा ढुङ्गाना चिप्लिएर सडकमा खस्नु भएको थियो ।

गम्भीर घाइते उहाँको त्रिशूली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

ताजा खबर