युवतीले टाटु हटाउँदा भयो यस्तो हालत, उनी संसारभर भाइरल

२०७५, १४ भाद्र बिहीबार १३:२५

काठमाडौँ । अहिले संसारभर प्रचलनमा रहेको टाटु प्रचलन तीव्र रूपमा बढेको पाइन्छ । टाटुको इतिहास हजारौँ वर्ष पुरानो भए पनि पछिल्लो २०–३० वर्षयता विश्वमै यसको लोकप्रियता बढ्दो छ । त्यसो त टाटुको जमाना नेपालमा पनि धेरै वर्षअघि सुरु भएको छ ।

टाटु खोप्ने प्रक्रिया साधारण भने छैन । टाटु खोपिसकेपछि यसको हेरचाह गरिएन भने थप जटिलता आउन सक्छ । त्यसैले सुरुका दिन टाटुको हेरचाह गर्नुपर्ने हुन्छ । अहिले भने धेरै युवाले टाटुप्रति रुचि दिन थालेका छन् । टाटु खोपिसकेपछि यसको हेरचाह गरिएन भने थप जटिलता आउन सक्छ । त्यसैले सुरुका दिन टाटुको हेरचाह गर्नुपर्ने हुन्छ ।

थाइल्यान्डकी एक विद्यार्थीले छातीमा बनाएको टाटु हटाउन खोज्दा घट्यो डरलाग्दो भएको छ । २१ वर्षीया पसुदा रिअबले छातीमा बनाएको गुलाफको फुलको टाटु हटाउने हुँदा निकै सास्ती खेप्न पर्‍यो । आफ्नो टाटु राम्रो नलागेर पुन टाटु हटाउने निर्णय गरेकी उनले गलत तरिकाबाट हटाउन खोजेकै कारण उनले धेरै दुख पिडा झेल्नु पर्‍यो ।

टाटु हटाउन उनले रसायन प्रविधिलाई अँगालिन् । टाटु हटाइन पनि तर आफूले सोचे जस्तो भएन र अर्कै समस्याले पिरोल्न थाल्यो । रसायनको प्रयोगले हुने उनको घाउले अर्कै रूप लियो । घाउ निको नभई चिलाउने पोल्ने हुन् थालेपछि उनलाई पिडा माथि झन् ठुलो पिडा पर्‍यो । जुन घटनाले उनलाई कहिले पनि शान्ति दिएन र पीडालाई सम्झिन पनि सक्दिनन् । घाउ बढेर ठुलो हुँदै गयो । आफूले हेर्दा पनि छातीको घाउ निकै डरलाग्दो देखेकी उनले निकै पछुताउने बाहेक अरू केही विकल्प थिएन ।

उनले आफूले भोगेको जस्तो पीडा अरूले भोग्नु नपरोस् भनेर पहिलेको टाटु र रासायनिक उपायपछिको दृश्यलाई विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । उनी चाहन्छिन्, टाटु बनाउनुअघि धेरै सोचेर मात्र बनाउनुहोला । पछि हटाउँदा मैले रोजेजस्तो उपाय कहिल्यै नरोज्नुहोला । नत्र मेरो जस्तै हालत हुनेछ ।

Comments

ताजा खबर