घाटमा जलाउन लाग्दा जुरुक्क उठे, रोइरहेका आफन्तहरु पागलसरी हाँसे ।

२०७५, १४ भाद्र बिहीबार १३:१२

काठमाडौँ । भारतको नयाँदिल्लीस्थित अलीगढको अतरौली किरथल गाउँमा एक व्यक्ति मरेको ५ घण्टापछि फेरी ब्यूँतिएका छन् । रामकिशोर नाम गरेका ती व्यक्तिको केही दिन अघि मृत्यु भएको थियो । उनको अवस्था राम्रो थियो तर अचानक उनको मृत्यु भयो । यो घट्नाले परिवारमा नराम्ररी पीडा त पर्ने नै भयो । उनको मृत्यु भएपछि उनको आफन्तलाई खबर गरियो र उनको घरमा मानिसहरुको भीड लाग्यो ।

अन्तिम दाहासंस्कारको प्रक्रिया शुरु गरियो । तर दाहासंस्कार गर्न ठिक गरिएका रामकिशोर जुरुक्क उठेर भने मलाई गल्तीले लगेको थियो, अब फिर्ता पठाइदियो , म ठिक छु अब घर जाम । रोइरहेका आफन्तहरु पागलसरी हाँसे, पत्याउनै नसकिने यो अनौठो घटना ।

रामकिशोर सिंह बोलेको देखेपछि त्यहाँको माहौल नै बदलियो , सबैले एकले अर्कालाई हेर्न थाले । पहिला रोइरहेकाहरु सबै खुसीले हाँस्न थाले । केही दिन यता यो घटना निक्कै चर्चाको विषय बनेको छ । भातीय मिडियाले पनि यो अचम्मको खबरलाई विशेष प्राथमिकताका साथ छापिरहेका छन् ।

Comments

ताजा खबर