नेपालको बसमा जहाजको जस्तै सुविधा

२०७५, १३ भाद्र बुधबार ०६:२७

पोखरा – सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेपछि पोखरा देखि लुम्बिनी रुटमा जगदम्बा ट्राभल्सको सुविधायुक्त बस सेवा सुरु हुने भएको छ । जुन बसमा जहाजको जस्तै सेवा सुविधा हुनेछन् भने बस होस्टेसले स्वागत गर्नेछन् ।

जगदम्बा ट्राभल्स प्रालिले यो रुटमा भदौ १५ बाट स्तरीय बस सेवासुरु गर्न लागेको बताइएको छ । घुम्ती नै घुम्ती भएको सिद्धार्थ राजमार्ग भारतीय नाका सुनौली र भैरहवालाई पोखरा जोड्ने स्तरीय बस सेवा थिएन । गत वर्षदेखि भने पोखरा भैरहवा रुटमा बुद्ध एयरले जहाज सेवा दिएको छ ।

७५-७५ लाखका २ बसपोखरा र भैरहवामा सेवा सुरु गर्न लागिएको जगदम्बा ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।उनका अनुसार ‘१५ गते एउटा बस पोखराबाट भैरहवाका लागि छुट्छ र १७ गते भैरहवाबाट अर्को बस पोखराका लागि आउँछ ।

३० सिटमात्रै राखिएका लामो आकारको बसको एकतर्फी भाडा नेपालीका लागि २ हजार र विदेशी पर्यटकका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ । जहाजको बिजनेस क्लासमा हुने जस्ता आरामदायी सिट भएका बसमा खाना, खाजा र पानी तथा चियाको सुविधा समेत रहेको छ ।

Comments

ताजा खबर