गोरे ले जेल भित्रै लगाए पासो

२०७५, १३ भाद्र बुधबार ०६:१३

काठमाडौं । चर्चिच साढे ३३ किलो सुनकाण्ड र शनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले आत्महत्या प्रयास गरेका छन् । केन्द्रीय कारागार सुन्धारा स्थित गोलघर भित्रै उनले पासो लगाएर आत्महत्याको प्रयास गरेका छन्।

केही साता अघि आफैले लगाएको सर्टले घाटीमा बाधेर पासो लगाएर उनले आत्महत्याको प्रयास गरेका हुन् । केही महिना अघि गोरेको मानसिक अवस्थामा समस्या आएको भन्दै कारागाभित्रकै अस्पतामा चेक जाँच समेत गरिएको थिए। अहिले पनि कहिलेकाही अझै तनावमा आएको बेला टाउउको भित्तामा ठोक्ने गरेको बताइएको छ ।

३३ किलो सुन काण्डको विषयलाई लिएर गएको जेठ २८ मा सुनसरीको झुम्का कारगारबाट ‘गोरे’ लगायत राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ र छिरिङ वाङगेल घलेलाई काठमाडौं ल्याइएको थियो। ०७४ माघ ७ मा त्रिभुवन विमानस्थलबाट साढे ३३ किलो सुन काठमाडौं भित्र्याएर पनि गायब भए पछि शनम शाक्यको हत्या भएको थियो।

Comments

ताजा खबर