निर्मलाको हत्या प्रकरण : कञ्चनपुरमा आज पनि प्रदर्शन जारी

२०७५, ७ भाद्र बिहीबार १३:४२

कञ्चनपुर, भदौ ७। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको विरोधमा आज पनि प्रदर्शन जारी रहेपछि कञ्चनपुर अशान्त छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । टायर बालेर सडक अबरुद्ध पारिएको छ ।

पन्तको बलात्कारपछि हत्या भएको र स्थानीय प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयबासीले आन्दोलन गर्दै आएका छन् । बुधबारको प्रदर्शन उग्र भएपछि प्रहरीले बल प्रयोग गर्नु परेको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केहीलाई नियन्त्रणमा पनि लिएको थियो ।

प्रदर्शनकारीले बल प्रयोगको आदेश दिने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गरेका छन् ।

Comments

ताजा खबर