श्रीलंका आर्मीविरुद्धको पहिलो अभ्यास खेलमा नेपाल ६७ रनले बिजयी

२०७५, ६ भाद्र बुधबार २०:३०

श्रीलंका  । एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पहिलो अभ्यास खेलमा जित निकालेको छ ।

नेपालले आज भएको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराएको हो । पानागोडामा सम्पन्न एकदिवसीय खेलमा नेपालले कम्जोर ब्याटिङ्ग प्रदसन गर्दै श्रीलंका आर्मीलाई १९५ रनको लक्ष्य दिएको थियो । १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोली आर्मीले ३६ ओभर १ बलमा अलआउट हुँदै १२७ रन मात्र बनाउन सक्यो । आर्मीका जगत राजपाक्षेले ४६, लाहिरु चामराले २६ तथा प्रदीप रत्ननायकेले १८ रन नेपालका बलरहरुले निकै राम्रो बलिङ्ग गर्दै श्रीलंका आर्मीलाई सस्तैमा समेटे । सोमपाल कामी र बसन्त रेग्मीले समान ३/३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए ।

श्रीलंकाको फस्ट क्लास क्लब आर्मीविरुद्ध नेपालका आरिफ शेखले निकै उच्च स्तरको ब्याटिङ्ग प्रदसन गर्दै ११८ बल खेल्दै ८९ रनको योगदान दिए । यस्तै नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा बसन्त रेग्मी र विनोद भण्डारी समान १६/१६ रन जोडे । रोहित कुमार पौडेल १२ रन आउट भए । श्रीलंका आर्मीका मधुसन फर्नान्डोले ३ तथा सन्जिउ कुमारास्वामी र जगत राजपाक्षेले समान २/२ विकेट लिए ।

अब नेपालले अगष्ट २४ मा ब्लुमफिल्ड क्लबसँग दोस्रो अभ्यास खेल खेल्नेछन् । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससँग २६ अगस्टमा खेल्ने छन् । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् । मलेसियामा अगस्ट २८ बाट सुरु हुने एसिया कपको छनोट खेलको लागि टोली अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको हो ।

Comments

ताजा खबर