आज बकर इद मनाउँदै, प्रदेश १, २ र ५ मा आज सार्वजनिक बिदा

२०७५, ६ भाद्र बुधबार १४:२४

काठमाण्डौ, भाद्र ६ । मुस्लिम सामुदायहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) आज धुमधामका साथ देशभर मनाइँदै छ। बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ ।

इदुल फित्र (इद) पर्वको ठिक ७० दिनपछि सुरु हुने बकर इद पर्व ३ दिनसम्म मनाउने गरिन्छ। आजको दिन बिहानै नुहाइधुवाई गरेर सफा लुगा लगाएर इदगाह (नमाज पढ्न बनाइएको विशेष खुल्ला ठाउँ) वा मस्जिदमा सामूहिक रुपमा नमाज पढिन्छ। सो पश्चात् एकआपसमा अंगालो हालेर बकर इद मुबारक भन्दै शुभकामना आदानप्रदान गरिन्छ।

बकर इदका अवसरमा आज प्रदेश १, २ र ५ मा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Comments

ताजा खबर