भिक्षुको शव २ महिना पछी निकालेर हेर्दा मुस्कुराई रहेको देखेर सबै चकित

२०७५, ४ भाद्र सोमबार २१:३६

एजेन्सी ४ भाद्र ।
विश्व चकटी पार्ने घटना घटेको छ थाइल्याण्डमा । गाडिएको २ महिना पछी एक बौद्ध भिक्षुको शव जब उनको भक्तहरुले एक समारोहका लागि चिहानको बक्सबाट बाहिर निकाले तव सब चकित परे। चकित पर्नुको कारण थियो उनको ति मृत भिक्षुको शरीर जस्ता को त्यस्तै मात्र हैन उनको अनुहारमा मुस्कान पनि थियो ।

यी हुन् बौद्ध भिक्षुका गुरु लुआंग फर पियान । जसको मृत्यु ९२ वर्षको उमेरमा भएको थियो। २ महिना पछी एक विशेष अनुष्ठानको लागि उनको शव निकालिएको थियो। तर २ महिना सम्म पनि उनको शरीरमा खास परिवार्तान भएको थिएन । जसले सबैलाई अचम्मित तुल्याएको थियो ।

जो कोहीले उनको मृत शरीर हेरेपछि भन्छन उनको निधन मात्र ३६ घण्टा पहिले भएको हो । भक्तहरूमा उनको अनुहारको मुस्कानको बारेमा अनौठो तर्क छ। तिनीहरू विश्वास गर्छन् कि उनले मोक्ष प्राप्त प्राप्त गरिसकेका छन्।

सामान्य मानिसको शव जमिनमा राखेको २-३ दिन मै गली सक्छ तर यी भिक्षुको २ महिना सम्म पनि जस्ताको त्यस्तै रहदा विश्व चकित परेको अवस्था छ।

तस्बिर :- एजेन्सी

Comments

ताजा खबर