चीनले बनायो अहिलेसम्मको सबैभन्दा ठुलो टेलिस्कोप

२०७५, १ भाद्र शुक्रबार २०:१२

चीन । चीनले विश्वको सबैभन्दा ठुलो टेलिस्कोप बनाएको छ । जसको आकार ३० वटा फुटबल ग्राउण्ड बराबर भएको बताइएको छ । उक्त टेलिस्कोप २०११ म बनाउन शुरु गरीएको थियो भने २०१६ मा मात्र विश्व सामु प्रचारमा ल्याइएकाउ थियो ।

   टेलिस्कोप बनाउनुको प्रमुख उदेश्य भनेको दोस्रो दुनिया र एलियनको खोजी गर्नु बताइएको छ । यसको ब्यास ५०० मिटर छ भने यसलाई ४,४५० प्यानल मिलाएर बनाइएको छ ।

यसको प्यानलको कुरा गर्ने हो भने प्रत्येकको भुजा ११ मिटरको छ । यसको नाम फास्ट राखिएको छ भने १.६ किलोमिटर परिमाण रहेको यो टेलिस्कोपलाई १ चक्कर लगाउन ४० मिनेट लाग्दछ ।

यसलाई एउटा कचौरा आकारको उपत्यकामा निर्माण गरिएको छ जुन चिनको गिझोउको दक्षिणी भागमा रहेको छ । यो इलाकाको ५०० मिटरको दुरीमा नै तिनवटा पहाड पनि छ, जसले एउटा उपत्यकाको आकार बनाउछ । यसलाई टेलिस्कोप राख्ने उपयुक्त स्थान बताइएको छ ।

यो टेलिस्कोपलाई जहाँ राखिएको छ उक्त ठाउँको बरिपरि ५ किलोमिटरको दुरी सम्म कुनै पनि शहर बनेको छैन । त्यसैकारण उक्त इलाका रेडियो साइलेन्स एरिया हो । यो विशाल आकारको टेलिस्कोप हजारौ स्टीलको पिर्लर र केबल्समा टिकेको छ । चीनले यो बाट कत्ति सफलता हासिल गर्ने हो त्यो भने देख्न वाकि नै छ ।

Comments

ताजा खबर