काठमाडौं परिसरमा लामा ,डिआइजी र एसएसपीको सरुवा,

२०७५, ३० श्रावण बुधबार २०:१६

काठमाडौैं– गृह मन्त्रालयले डिआइजी र एसएसपीको सरुवा गरेको छ। ५ डिआइजी तथा २७ जना एसएसपीको सरुवा भएको हो।

सरुवाअनुसार काठमाडौं परिसरमा बसन्त लामालाई जिम्मेवारी दिइएको छ। काठमाडौं परिसर एसएसपीको लागि सर्वाधिक आकर्षक पोष्टिङ मानिन्छ। मुख्यालयमा कार्यरत लामाले यसअघि कास्की जिल्लाको प्रहरी प्रमुखका रुपमा काम गरिसकेका छन्।

काठमाडौं परिसरका एसएसपी विश्वराज पोखरेललाई ७ महिनामा नै हटाइएको छ।

त्यस्तै ललितपुर परिसर रबिन्द्र धानुकलाई सरुवा गरिएको छ। काठमाडौं परिसरमा हुँदा सन्तोषजक काम गर्न नसकेको भन्दै उनलाई हटाइएको थियो। ललितपुर परिसरका एसएसपी गणेश ऐरको एक वर्षको अवधि पुगेकाले उनलाई सरुवा गरिएको हो।

Comments

ताजा खबर