हेलिकप्टरको पंखाले एक व्यक्तिको ज्यान लियो

२०७५, २९ श्रावण मंगलवार १९:३०

हेलिकप्टर पछाडिको पंखाले काट्दा हुम्लाको हिल्सामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट हिल्साको हेलिप्याड जाने क्रममा मनाङ एयरको हेलिकप्टरको पंखाले काट्दा भारतीय नागरिक नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको हो । मेहता मुम्बइको एक्प्लोर कैलास ट्रेक प्राइभेट लिमिटेडबाट मानसरोबर गएका हुन् ।

हिल्सामा हेलिकप्टर ल्याण्ड भइसकेपछि ओर्लिने क्रममा मेहता अगाडि जानुपर्ने ठाउँमा पछाडितिर गएका थिए । गलत दिशातिर जाँदा हेलिकप्टरको पछाडिको पंखाले उनलाई लागेको थियो ।

Comments

ताजा खबर