स्थापना दिवसमा दिप प्रज्वलन

२०७५, २९ श्रावण मंगलवार ०८:१२

रुपन्देही, २८ श्रावण, नारायण कोइराला । हिन्दू जागरण नेपालको स्थापना दिवसको अवसर पारेर प्रदेश नं. ५ को अस्थाई राजधानी बुटवलको ट्राफिक चोकमा हिन्दू जागरण नेपाल जिल्ला शाखा रुपन्देहीले दिप प्रज्वलन तथा कोण सभाको आयोजना गरिएको छ ।

हिन्दूत्वको संरक्षण तथा प्रलोभनमा पारि गरिने धर्म परिवर्तन विरुद्धको महाअभियानका साथ २०७१ साल श्रावण २८ गते काठमाण्डौ जिल्ला प्रशासन कार्यलयमा दर्ता गरिएको मितिलाई नै आफ्नो स्थापना दिवसको रुपमा प्रत्यक वर्ष विभिन्न कार्यक्रम गरि मनाउदै आईरहेको छ ।

जस अनुसार आज जिल्ला संगठन विभागका संयोजक पूर्ण प्रसाद पौडेलको अध्यक्षता, हिन्दू जागरण नेपालको केन्द्रिय उपाध्यक्ष उमा ढकालको प्रमुख आतिथ्यता तथा केन्द्रिय संगठन विभाग प्रमुख हरिशरण पाण्डेको विशिष्ट अतिथ्यता रहेको कार्यक्रममा जिल्लाका सबै स्थानिय तहबाट हिन्दू जागरण नेपालको सदस्यहरुको उपस्थिति रहेको थियो ।

दिप प्रज्वलन पछि नेपालको राष्ट्रिय झण्डा र प्ले कार्ड सहित बुटवल नगरको परिक्रममा गरि आयोजन गरिएको कोण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले नेपालमा सनातन देखि चलिआएको धर्म परम्परा र संस्कृतिको रक्षा गर्नु पर्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको र सबै पक्षले हाम्रो यस महा अभियानलाई साथ र सहयोग गर्न अपिल समेत गर्नु भएको थियो । कार्यक्रम पार्वती भण्डारीको स्वागत मन्तब्य तथा केन्द्रिय सदस्य नारायणप्रसाद कोइरालाको सञ्चलानमा भएको थियो ।

Comments

ताजा खबर