एनआरएनए हेल्प डेस्कद्वारा अधिकारीलाई आर्थिक सहयोग

२०७५, २८ श्रावण सोमबार १४:१५

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएसए हेल्प डेस्कले खेमराज अधिकारीलाई आर्थिक सहयोग गरेको छ ।

गम्भीर रोगबाट पीडित कास्की ढिकुर पोखरीका अधिकारीलाई डेस्कले ५६२९.९८ अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको हो ।

एनआरएनए युएसए केन्द्रीय संयोजक तथा उपाध्यक्ष उमा कार्की थापाको सक्रियतामा उठेको ४६२९.९८ र एनआरएनए आपतकालीन कोषको १००० डलर थप गरी एनआरएनए अमेरिकाका उपाध्यक्ष जेदु पोखरेल तथा कोषाध्यक्ष एवं आपतकालीन कोषका संयोजक डा प्रकाश अर्याललले उक्त रकम हस्तान्तरण गरे ।

चेक हस्तान्त्रण कार्यक्रममा एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, एनआरएन मेरिल्याण्डका कोषाध्यक्ष विष्णु बराल, हेल्प डेस्क च्याप्टर संयोजक इन्द्र थापा, एनआरएनए सदस्य तथा समाजसेवी राजु पराजुलीलगायतको उपस्थिति थियो ।

साभार अन्लाईन खबर

Comments

ताजा खबर