तानसेनमा जिप दुर्घटना ९ महिने बालकले ज्यान गुमाय

२०७५, २७ श्रावण आईतवार १४:३६

पाल्पा भबिन्द्र गौतम । आइतवार बिहान तानसेन नगरपालिका–३ बडिज्ञानटोलमा लु १ च ६७४८ नम्बरको जीपले ठक्कर दिँदा १ दुधे बच्चाले अनाहकमा मृत्युवरण गरेका छन् । दुर्घटनामा ४ पैदलयात्रु घाईते भएका छन् । दुर्घटनामा बगनासकाली गाउँपालिका–३, नायरनम्तलेसको ९ महिनाको बच्चा निशान बस्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिहान ११:४५ मा भएको उक्त दुर्घटनामा ४ जना घाईते भएका छन् । घाईतेहरुको युनाईटेड मिसन अस्पतालमा उपचार भईरहेको छ । घाईतेहुनेहरुमा बगनासकाली गाउँपालिका–३, नायरनम्तलेसका वर्ष ५ का नविन बस्याल, ४८ वर्षकी लक्ष्मी बस्याल, सुनवलका अन्दाजी ५२ वर्षीय रामजी चौधरी, तानपा–६ की ४८ वर्षीया कमला पाण्डे रहेका छन् । घाइतेमध्ये नविनको अवस्था गम्भीर रहेको बताइएको छ । ओरालोमा जपको ब्रेक फेल भएर दुर्घटना भएको थियो । जीपको ठक्करबाट पार्किङ गरि राखेका ६ वटा मोटरसाइकलमा क्षति पुगेको छ ।

Comments

ताजा खबर