एक नेपालीको कुबेत मा हृदयघातबाट निधन

२०७५, २६ श्रावण शनिबार १८:४५

दया काफ्ले कुबेत । नेपालको सर्लाही जिल्ला स्थायी घर भएका गुण बहादुर सुनुवारको कुवेतको समय अनुसार आज दिउँसो १२ बजेर ४० मिनेट जाँदा हृदयघातका कारण असामाहिक निधन भएको हो।

लामो समयदेखी हट इंजिनीरिंग कम्पनीमा काम गर्दै आएका सुनुवारलाई बिहानै देखि अस्वस्थ महसुस गर्दै मेडिकल जान बाहिर निस्केको बेला उनको निवास नजिकै रोडमा लडिरहेको अवस्थामा कुवेत पुलिसले फेला पारी कुवेतको अदान हस्पिटल मा पुर्‍याको र अस्पताल पुर्याए लगत्तै डाक्टरले मृत घोषणा गरेको उनका साथीले बताएका छन्।

उनी सुनुवार सेवा समाज कुवेतका अध्यक्ष समेत रहेका थिए। स्वर्गिय सुनुवारको पार्थिव शरीर अहिले अदान हस्पिटलमा नै राखिएको भए ता पनि आज केही बेरमा नै फर्वानिया रिफर गर्ने भएको जानकारी प्राप्त भएको छ।

Comments

ताजा खबर