कृषि विकास बैंकको नौटङ्कीले गर्दा जन्तेढुङगा गाउँपालिकामा अरु बैंक आउन सकेनन्

२०७५, २४ श्रावण बिहीबार २०:३८

काठमाडौं । जन्तेढुङ्गा गाउँपालिकामा कुनै पनि बैंक स्थापना नहुँदा आर्थिक कारोबार गर्न समस्या भएको छ । जिल्लामा दश स्थानीय तहमा करीव बैंक स्थापना भइसके पनि जन्तेढुङ्गा गाउँपालिकामा अहिलेसम्म बैंक कारोबार गर्न ठूलो समस्या भएको हो ।

गाउँपालिकास्थित चिसापनीमा रहेको कृषि विकास त्यस बैंकलाई गाउँपालिकाको कारोवार गर्न राष्ट्रिय वाणिज्य बैंकले अनुमती नदिंदा सानोदेखी ठूलोसम्मको बैकिंङ कारोवार गर्न समस्या भएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख शंकर बहादुर राईले जानकारी दिए ।
जन्तेढुंगा गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकबाट ‘क’ बर्गको इजाजत मान्यता प्राप्त सनराईज बैंक आउनलाई टुंगो लागेको थियो ।

कृषि विकास बैंकले आफै कारोवार गर्न सक्छौ भनेर फर्काइ दिएछ । गाउँपालिका प्रमुख राइले भने, “बैंकका लागि हामीले वर्षको डेढ लाखमा घरसमेत पक्कापक्की गरीसकेका थियौ । बिडम्बना बैंक आएन । भएको कृषि विकास बैंकले कारोवार गर्दैन । सम्बन्धित निकायसम्म हाम्रो आवाज पु-याइदिनु प-र्यो ।”सदरमुकाम दिक्तेलबाट भौगालिक रुपमा टाढा रहेको उक्त स्थानका गाउँपालिका र पालिकावासी दुई तीन दिन धाएर बैंकिङ कारोवार गर्दै आएका छन् ।

विभिन्न योजना सञ्चालनका लागि निर्माण उपभोक्ता समिति बनाउनुपर्छ । एक स्रोतले भन्यो, ‘उक्त समितिलाई हामी चेक दिन्छौ । अध्यक्ष÷कोषाध्यक्षको हस्ताक्षर गरेर एकजना खोटाङबजार बैंक जान्छन् । कदाचित सही नमिल्दा उहाँहरुको समय त्यतिकै खेर जान्छ । फेरी एकपटकमा खोटाङबजार बैंकले १ लाखभन्दा माथि पैसा दिदैंन । अनि, समिति काममा भन्दा धेरै गाउँपालिका र बैंक धाउनुपर्ने बाध्यता छ ।’

गाउँपालिकामा कम्तीमा एक पटकमा दश लाखको चेक भुक्तानी गर्ने तथा २६ करोडसम्मको कारोवार गर्न सक्ने बैंकको आवाश्यक रहेको गाउँपालिकाले जनाएको छ । बैंक नभएकै कारण शिक्षकहरुलाई माशिक रुपमा गाउँपालिकाले दिंदै आएको तलबसमेत शिक्षकले बेलामा पाउन सकेका छैनन् ।

हाल गाउँपालिकाले एक दिनको वाटो खोटाङबजार, अन्य जिल्ला उदयपुरको बेल्टार बजार, विराटनगर र दिक्तेलबाट बैंक कारोवार गरीरहेको छ । ताकि गाउँपालिकाबाट सदरमुकाम दिक्तेलबजार दुइ दिनको पैदल यात्रामा मात्र पुग्न सकिन्छ ।

>>>> अोलाइन खबर बाट सभार >>>>

Comments

ताजा खबर