घरेलु कामदार लाई साथ लिएर जिफण्ट ले नेपाली दूतावास कुवेत मा ज्ञापनपत्र बुझायो

२०७५, २३ श्रावण बुधबार १९:४२

कुबेत अगस्ट 8 दया काफ्ले । आज कुवेतमा घरेलु कामदारहरु छुट्टी गएर सोही काममा आउन पाउनुपर्छ भन्ने मागसहित एक कार्यक्रमकाबीच कुवेत स्थित नेपाली दूतावासलाई जिफण्ट सहयोग समुह कुबेत को सहयोगबाट दुतावासलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल सरकारले घरेलु कामदारलाई नेपाल फर्केपछि फेरि सोही काममा आउन रोक लगाएपछि आक्रोशित बनेका महिला होस् वा पुरुष सबैले कार्यक्रम आक्रोश पोख्दै राज्यले हामीलाई नेपालमै रोजगारीको सिर्जना  गरोस् होइन भने हामीलाई पुरानै काममा फर्किने वातावरण सिर्जना गर्न भन्दै कुवेतस्थित नेपाली दुतावासलाई ज्ञापनपत्र बुझाएका छन ।

कार्यक्रममा उपस्थित सबैलाई आफुले काम गर्ने यथार्थ कुरा जानकारी जानकारी जिफण्ट ले सबैलाई अनुरोध गरेको थियो । सहभागीहरु बोल्ने क्रममा अधिकांश सहभागीहरुले आफूलाई नेपाल फर्किने मन भएको बताउँदै आफूहरु घर नगएको पाँच/सात वर्ष भएको बताएका छन् । कुवेतमा घरेलु कामदार को भिजा अर्को भाषामा भन्दाखेरि २० नम्बर भिजा पनि भनिने गर्दोरहेछ कार्यक्रममा नेपालबाट वैधानिक तरिकाबाट कुवेत आएका कामदारहरु नेपाल गएर फर्केर आउँदा श्रमस्वीकृति पाउनुपर्ने जोड दिएका थिए ।

Comments

ताजा खबर