नवनिर्वाचीत गल्कोट समाजका अध्यक्ष दिलु खत्रीद्धारा अप्रत्यासित पदबाट राजीनामा को घोषणा

२०७५, २१ श्रावण सोमबार २०:३९

अगस्ट ६ टोकियो ।
गल्कोट समाज जापानको दुई बर्षे कार्यकालका लागि निर्वाचीत भएका अध्यक्ष दिलु खत्रीले निर्विरोध निर्वाचीत भएको हप्तादिनमै पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ ।

अधिवेशन सकिएको हप्तादिन हुन लाग्दा समेत सम्वद्ध जिम्मेवार व्यक्तिहरुले कार्यसमितिलाई पूर्णता दिन तदारुकता नदेखाएको भन्दै अध्यक्ष दिलु खत्रीले पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ ।

सर्वसम्मत चयन भएको अध्यक्षको जिम्मेवारीले कार्यसमितिलाई पूर्णता दिन पहल गर्दा जिम्मेवार पक्षबाट असहयोग भएपछि बाध्य भएर पदबाट राजिनामा दिने निर्णय गरेको अध्यक्ष खत्रीले बताउनुभयो ।

‘संस्थालाई अलमलमा राखेर नेतृत्वमा रहिरहनु भन्दा बाटो खुल्ला गरेर अघि बढ्न दिनु उचित ठानेर आफुले आजैका मितिदेखी लागुहुनेगरि गल्कोट समाज जापानको अध्यक्षपदबाट राजिनामा दिएको’ दिलु खत्रीले बताउनुभयो ।

हप्तादिनमै नेतृत्वबाट राजिनामा दिएपछिको अवस्थाबारे सोधिएको जिज्ञासामा खत्रीले ‘आफ्नो बारे गरिएका टिप्पणीले खासै असर नपरेपनि केही व्यक्तिबाट संस्थालाई नै विवादमा तान्ने र असर पर्नेगरि गरिएको टिका टिप्पणीले मन दुखेको’ भन्दै ‘प्यारो जिल्ला बाग्लुगं र आफ्नो जन्मथलो गल्कोटको भुमीलाई सँधै मायाँ र आवश्यकतामा दिलो ज्यानले सहयोग गर्न तयार रहेको’ बताउनुभयो ।

गल्कोटलाई मायाँ गर्ने, म प्रति शुभेच्छा राख्नुहुने अनि समाजलाई राम्रो सँग अघि बढेको हेर्न चाहने शुभेच्छुक, समर्थक र आवद्ध सबैमा मलाई दिनुभएको शुभकामनाको लागि हृदयदेखी धन्यवाद व्यक्त गर्दछु । जापान, नेपाल सहित विश्वभर रहेका गल्कोटे तथा परिचित व्यक्तिहरुको मायाँ, सद्भाव र शुभकामनालाई खेर जान नदिइ संस्थाबाट बाहिर रहेपनि गल्कोट क्षेत्रको लागि सँधै सकेको साथ र सहयोग गर्न तयार रहेको विश्वास दिलाउँदछु’ गल्कोट समाज जापानमा नयाँ नेतृत्वको लागि बाटो खुल्ला गरिदिएको सार्वजनिक जानकारि गराउँदै खत्रीले भन्नुभयो ।

फोटो फेस्बुक बाट  साभार गरिएको

Comments

ताजा खबर