समबेदना व्यक्त गर्दै, जनसम्पर्क समिती जापानको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

२०७५, २१ श्रावण सोमबार ०३:५१

टोकियो अगस्ट ५ बिस्वास आचार्य ।
नेपाली जनसम्पर्क समिती जापानले जापान भ्रमणमा रहनुभएका ने वि संघ बाग्लुग पुर्व सभापति तथा ने वि संघ पुर्व केन्द्रीय सदस्य युवा नेता महेन्द्र प्रसाद कडेल तथा नवलपुरका युवा नेता सि आर कंडेल सगँ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिती जापानको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा युवा नेता महेन्द्र कंडेलले मन्तव्य दिदै आफुलेपनि अव कहिल्यै गुटवन्दी नगर्ने र अरुले पनि गुटवन्दी गर्न नहुने तर्क गर्नुभएको थियो । जनसम्पर्क समिती जापानका कार्यवाहक सभापति रामकृष्ण वम मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा जापान भ्रमणमै रहनु भएका अर्का नवलपुरका नेता सी आर कडेलले पनि जनसम्पर्क समिती जापानकै पहलमा गुटवन्दी मुक्त कांग्रेस अभियान चलाउनु भएकोमा सवैलाई धन्यवाद दिनु भएकोथियो ।

कडेलले अवको अधिवेशन मिलेर सर्वसहमतीमा सम्पन्न गरि सवैतिर मेलमिलापको सन्देश दिनुपर्नेमा जोड दिनुभएको थियो । उपसभापति पिताम्वर चापागाई को स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा नेपालि काङ्ग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति तथा पुर्व सभासद कमल पङ्गेनी ज्युको मिति २०७५/४/१९ गतेका दिन भएको असमायिक निधनले स्तब्ध बनाएको भन्दै यस दुखको घडीमा दिबंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल सबैमा जनसम्पर्क समिती जापानको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा समबेदना व्यक्त गर्दै निधन हुनुभएका पङ्गेनी पार्टीलाई दिएको योगदानको सम्झना गर्दै स्रदान्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा जनसम्पर्क समिती जापानका नि वर्तमान सभापति डि पी कंडेल उपसभापति राजेन्द्र प्रसाद जमरकट्टेल,कान्तो सभापति यदुराम सापकोटा लगायतले बोल्नुभएको थियो। कार्यक्रम समितीका महामन्त्री रामजंग कार्कीले सन्चालन गर्नुभएको थियो

Comments

ताजा खबर