चर्चित अर्जुन सापकोटा भन्छन्न् ” सल्ला घारीमा ” ढुकुर जोडी

२०७५, १७ श्रावण बिहीबार १३:३०
सल्ला घारीमा -ढुकुर जोडी

बिस्वास आचार्य जापान :- नेपाली लोक तथा दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाएका लोकप्रिय गायक तथा दर्पन एफ.एम का कार्यक्रम प्रमुख समेत रहेका अर्जुन सापकोटाले यस बर्षको तीजको सुभकामना सहित गायिका सम्झना भण्डारी संग तीज कोशेली बजारमा ल्याएका छन।

दोहोरी क्षेत्रका राजा सृजनाका धनि यज्ञ सापकोटा को उत्कृष्ट लय शब्द भने गायक आफै अर्जुन सापकोटा ले गरेकाछन् भने एरेन्जर किस्न भन्जा ले गरेकाछन् । गीतमा नारीहरुको बास्तबिक पिडालाइ उजागर गर्दै माया पिर्ती को कुरा जोड्दै नारी हरुको रातो सारी लगाउदा तिज को बिशेषता राम्रो देखिने कुरा देखी कुल कुरा लाई बिषय बस्तुलाई बढी जोड दिएको देखिन्छ । सम्झना भण्डारी र अर्जुन सापकोटा को प्रस्तुतिमा रहेको गीतलाइ AS – OFFICIAL ले उत्पादक र बितरक गरेको हो।

गीतको भिडियो निर्देशन भने चर्चित निर्देशक मदन खड्का को रहेको छ भने भिडियोमा अभिनय रिचा थापा गीता र निर्देशक मदन खड्का आफै अभिनय रहेको छ । साथमा टन्क के सी ले छायांकन गरेका हुन । टिटाईम म्यूजिक प्रा.लि निर्माण गरेकोछ भने पर्बिन रेलमी सम्पादन गरेका छन् ।

Comments

ताजा खबर