एनआरएनए को कार्यक्रम मा परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीले माफि मागे

२०७५, १४ श्रावण सोमबार ०३:४८

लम्जम्बर्ग :- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैर आबासीय नेपाली संघ (एनआरएनए) नेपाल सरकारको बिकास साझेदार भएको बताएका छन् ।

एनआरएनको ११ औ युरोपेली बैठकलाई आईतबार लम्जम्बर्गमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने, व्यक्तिगत रुपमा कोहि जिम्मेबार साथीहरुको भनाईबाट तपाईहरुको चित्त दुखेको छ भने सरी भन्न चाहन्छु । तर नेपाल सरकारको आधिकारिक धारणा के हो भने म फेरि दोहोर्याएर भन्छु, तपाईहरु नेपालि नै हो अनि बिकासको पार्टनर पनि हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एनआरएनलाई भूपू नेपालीको अभिव्यक्ति दिएका थिए । उनले कानुन परिवर्तन गरेर विदेशी नागरिक भइसकेकाको पैत्रिक सम्पत्तिमा अंश नलाग्ने व्यवस्था पनि गर्छु पनि भनेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले पण्डितको नाम त लिएनन् तर, घुमाउरो भाषामा माफि माग्दै भने, ‘व्यक्तिगत कुराहरुलाई व्यक्तिगत रुपमा नै डिस्कार्ड गरीदिनु हुन म अनुरोध गर्दछु । यहाँहरुलाई आश्वस्त तुलाउन चाहान्छु, बाध्यताले जहाँ सुकै बस्नुहोस् तपाईहरुको स्टाटस जुनसुकै होस् । नेपालको विकासमा तपाईहरु महत्वपूर्ण साझेदार हो । साझेदारको हिसावले तपाईहरुलाई स्वागत गर्न नेपाल सरकार सदैव तयार छ ।

उनले संविधानमा व्यबस्था भए अनुसार गैर आबासीय नेपालीहरुलाई आर्थिक, समाजिक, साँस्कृतिक अधिकारसहित नागरिकताका दिलाउने प्रतिबद्दता ब्यक्त गरे । परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीले गैरआवसीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभूति गरेकाले त्यसलाई कुनै पनि हालतमा कटौती नगर्ने बताएका छन् ।

युरोपीय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञान सीप र लगानी भन्ने मुल नाराका एनआरएनको दुई दिने बैठकमा मन्त्री ज्ञवाली प्रमुख अतिथिको रुपमा सहभागी भएका छन् ।

Comments

ताजा खबर