थारु कल्याणकारिणी सभाको केन्द्रीय महाधिवेशन काठमाडौंमा हुने

२०७५, १३ श्रावण आईतवार ०३:५०
थारु कल्याणकारिणी सभा

काठमाडौं- थारु समुदायको हकहितमा काम गर्दै आएको छाता संगठन थारु कल्याणकारिणी सभा(थाकस)को २२औं महाधिवेशन काठमाडौंमा हुने भएको छ।

शनिबार बसेको थाकसको केन्द्रीय कार्यसमितिको बैठकले असोज ६, ७ र ८ गते राजधानी काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि थाकसले महाधिवेशनको मिति तोके पनि कहाँ गर्ने भनेर स्थान तोक्‍न सकेको थिएन।

यस्तै थाकसको बैठकले जिल्ला र प्रदेशमा रहेका सम्पूर्ण कार्यसमितिहरुलाई भदौ १५ गतेभित्र अनिवार्य रुपमा आ-आफ्‍नो क्षेत्रको अधिवेशन गरिसक्‍न निर्देशन समेत दिएको थाकसका उपाध्‍यक्ष प्रेमीलाल चौधरीले बताए।

उनले भने,’ थारु कल्याणकारिणी सभाको केन्द्रीय महाधिवेशनका लागि उपयुक्त समय असोज ६, ७ र ८ गते तोकेका छौ भने स्थान यो वर्ष काठमाडौंलाई नै बनाएकाछौ ।

तराई मा आदिवासी/भूमिपुत्रको रुपमा बसोबास गर्दै आएको थारु समुदायलाई नेपालको नयाँ संविधानले हक, अधिकार र राज्‍यको हरेक निकायमा पहुँच हुने प्रावधान दिए पनि व्‍यवहारमा कार्यान्वयन नभएकाले अबको नेतृत्व थाकसले गर्ने उनको भनाई थियो।

Comments

ताजा खबर