रातो चोलो र रातो सारी मा नेपाल कुवेत साँस्कृतिक मन्चले तीज बिशेष कार्यक्रम गर्ने भएको छ

२०७५, ११ श्रावण शुक्रबार १४:४९

जुलाई २७ कुबेत , दया काफ्ले :- नेपाल कुवेत साँस्कृतिक मन्चले तीज बिशेष कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि आगामी सेक्टेम्बर १४ तारिख शुक्रबार दिन को १ बजे स्फरवानिया युनिक अडिटोरियम हल (अल हाइतमको पछाडी ) स्थानिय कलाकारहरुको प्रस्तुतिहरुका साथ तिज बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।नेपाल कुबेत साँस्कृतिक मन्चका कलाकारहरु तिज बिशेष सांगीतिक कार्यक्रममा कुवेतबासि महिला दिदीबहिनीहरुलाई नचाउन तयारीमा जुटेको आयोजकले जनाएको छ। तीज बिशेष कार्यक्रममा सम्पूर्ण कुबेतबासी महिला नेपाली दिदि-बहिनीहरु रातो चोलो, रातो सारी र रातै पहिरनमा उपस्थिति हुन् मन्चका अध्यक्ष् गोबिन्द बरालले अनुरोध समेत गरेका छन् मंन्च को यो १७ औं प्रस्तुति रहनेछ ।

Comments

ताजा खबर