जापान मा ४८ बर्षिय नेपाली को निधन

२०७५, १० श्रावण बिहीबार २२:४८
जापान मा ४८ बर्षिय नेपाली

जुलाई २६ टोकियो बिस्वास आचार्य:-
चितवन भरतपुर घर भई जापानमा विगत १० बर्षदेखि जापानमा कुक पेशामा रहेका ४८ बर्षिय राजेन्द्र पौडेलको हिज बेलुकी निधन भएको छ ।

बुधवार बेलुकी आफु बसेको रुम साइतमा केनको खावागोए स्थित खासुमिगासेकीमा बसोबास गर्दै आएका पौडेल बुधबार बेलुकी अचानक लडेपछि हस्पिटल लगिएको थियो ।

हस्पिटल लगेलगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेको परिवार श्रोतले बतायो । उनी सँगै श्रीमती, एक छोरा र एक छोरीसहित खावागोएमा बस्दै आएका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु