लगानीको अन्तिम अवसर सगुनको मिनी अाईपिअोमा

२०७५, ९ श्रावण बुधबार ०३:३९

सगुनको मिनी आईपीओमा लगानी गर्ने म्याद साउन १० अर्थात् २६ जुलाई सम्म रहने छ । आफ्ना प्रयोगकर्ताहरुलाई कनेक्ट, शेयर, तथा अर्न गर्न मद्दत गर्ने सोसल कमर्स प्लेटफर्म सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले अमेरिकाको पूर्वी तटीय क्षेत्रको समय अनुसार जुलाई २६ को मध्यरात सम्ममा आवेदन दिनुपर्नेछ ।यहि अवधिमा सगुनमा लगानी गर्ने आफ्ना लगानीकर्तालाई बोनस शेयर उपलब्ध गराउने यहि अवसरमा घोषणा गरेको छ। मिनी आईपीओमा लगानी गर्ने समय सकिनै लाग्दा सगुनले अन्तिम ५ दिनका लागि यो घोषणा गरेको हो। मिनी आईपीओमा १० हजार डलर लगानी गर्नेलाई १ हजार डलर र २० हजार डलर लगानी गर्नेलाई २ हजार ५ सय डलर बोनस शेयर दिने सगुनले घोषणा गरेको हो ।

सगुनका तर्फबाट सन् २०१७ को जुलाई अन्तिमबाट सानो स्तरमा प्रारम्भिक शेयरमा लगानी गर्ने अवसर प्रदान गरिएको थियो जसमा प्रति कित्ता २३ डलरमा कम्तीमा १ हजार डलर लगानी गर्नुपर्ने थियो। त्यसयता सगुनले विश्वभरका ३ हजार ५ सय भन्दा बढी लगानीकर्ताबाट करीब ५० लाख डलर उठाएको छ। ४५ लाख डलरभन्दा बढी लगानी निजी तवरबाट उठाएको छ ।

“हामीले विगत एक वर्षमा लगानीकर्ता तथा साझेदारहरु पाएको सहयोगको लागि एकदमै कृतज्ञ छौं जसले सामाजिक सञ्जाल प्रयोगको अनुभवलाई राम्रो गराउने हाम्रो उद्देश्यमा साथ दिइरहनु भएको छ । हामीले ५० लाख डलरभन्दा बढी रकम उठाएका छौं जसले हामीलाई एन्ड्रोइड एप सुरु गर्न तथा हाम्रो प्लेटफर्मका अन्य मुख्य सुविधाहरु बढाउने काम जारी राख्नको लागि सहयोग गर्नेछ,” सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृतले भन्नुभयो । “हामी आईओएस् एप बनाउने, स्मार्ट सोसल कार्डको सुरुवात गर्ने काममा निरन्तर लागि रहनेछौं जसले गर्दा संसारभर सुविधाबाट धेरै लाभ नपाएकाहरुलाई उपयुक्त सामाजिक अनुभव प्रदान गर्ने हाम्रो उद्देश्य हासिल गर्न सक्नेछौं ।”

सगुनले आईओएस् एप बनाउने, स्मार्ट सोसल कार्डको सुरुवात गर्ने कामलाई निरन्तर जारी राख्नेछ र तिनीहरुलाई सन् २०१८ को अन्त्यसम्म जारी गर्ने लक्ष्य लिएको छ। सगुनको सोसल कार्डले सगुनका प्रयोगकर्ताहरुलाई सामान किन्दा पैसा कमाउने, कुपनसँग सामान साँट्ने, तथा आफ्ना प्रियजनहरुलाई उपहार दिन सक्ने सेवा उपलव्ध गराउनेछ । ई-कमर्सको अर्बौ अमेरिकी डलरको बजारमा सोसल स्मार्ट कार्ड तथा आईओएस् एपले कायापलट नै गर्नेछ भन्ने हाम्रो विश्वास छ।

यस वर्ष कम्पनीले नयाँ दिल्लीमा एक कार्यक्रम गरी एन्ड्रोइड मोबाइल एपको सुरुवात गरेको छ। वेबमा तथा मोबाइलमा आधारित गरी सगुनमा हाल २६ लाखभन्दा बढी प्रयोगकर्ता छन् । सगुनले ती प्रयोगकर्ताहरुलाई २.८ अर्ब प्रयोगकर्ता भएको सामाजिक सञ्जालमा नयाँ अनुभुति दिलाउन मद्दत गर्नेछ। हालका प्लेटफर्मले दिइरहेको भन्दा फरक अनुभव प्रदान गर्ने लक्ष्यमा सगुन कटिबद्ध रहेको छ।

अमेरिकी सामाजिक सञ्जालको दुनियाँमा सगुनले एक ठूलो समस्यालाई समाधान गर्ने सगुनको विश्वास छ। अमेरिकामा बिक्रेता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको बीचमा प्रत्यक्ष किनबेचलाई बन्देज लगाइएको छ। प्रयोगकर्ताहरुले उनीहरु आम्दानीको प्रत्यक्ष स्रोत हुँदा पनि कुनै पनि आर्थिक लाभ पाउँदैनन् । उपहार कार्ड, कुपन तथा छुटलाई सामाजिक रुप रंग दिने अवसर सगुनले सिर्जना गर्दैछ ।

मिनी आईपीओमा पाइने अवसरले सर्वसाधारणलाई कम्पनीमा शेयरधनी बन्नको लागि मौका मिल्दछ। कम्पनीले सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट अहिले पनि लगानी उठाइरहेको छ र लगानी गर्नु अगाडि चाहिने निष्कासन परिपत्र लगायतका विवरण तथा लगानीको अवसरको बारेमा यसको वेबसाइट www.sagoon.com/invest मा जानकारी पाइनेछ ।

Comments

ताजा खबर