डा. केसीले रूँदै भने यस्तो ‘नरसंहार’ देख्नुभन्दा काठमाडौं नै जानुबेस

२०७५, ३ श्रावण बिहीबार १४:००

काठमाडौं । डा. गोविन्द केसीले प्रहरीले अस्पताभित्र प्रवेश गरेर लाठिचार्ज गरी विद्यार्थी आफू समर्थकलाई घाइते बनाएपछि काठमाडौं जान तयार भएको बताएका छन् । “अस्पतालमा नरसंहार नगर, म काठमाडौं जान तयार छु,” केसीको भनाई उद्धृत गर्दै उनका समर्थकले भनेका छन् । डा. सुमन आचार्यका अनुसार डा. केसी अस्पतालमा यस्तो नरसंहार देख्नुभन्दा काठमाडौं जान्छु भन्दै रोइरहेका छन् । २० दिनदेखि जुम्लामा अनशनमा बसेका डा. केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर बिहान त्यसतर्फ प्रस्थान गरेको थियो ।
स्थानीय र विद्यार्थीले काठमाडौंबाट केसीलाई लिन गएकाहरुलाई अवरोध गरेको भन्दै प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जबाट करिब ४० विद्यार्थी र केसीका समर्थक घाइते भएका छन् । अस्पताल हाताभित्रै प्रहरीले गोली चलाएको बताइएको छ । प्रहरीको गोली लागेर एकजना प्रहरी नै घाइते भएको बताइएको छ । स्थानीय, पत्रकार, केसी पक्षधरलाई प्रहरीले अभद्र व्यवहार गरेको थियो । डा. केसी सरकारको हेलिकोप्टरमा नभई आफैं काठमाडौं फर्किन तयार भएका छन् ।

Comments

ताजा खबर