नुवाकोट समाज जापान नयाँ कार्यसमितिद्धारा अस्पताल र विद्यालयहरुमा सहयोग गर्ने निर्णय , सदस्यहरुबाट मासिक एकहजार येन संकलन गर्ने

२०७५, २ श्रावण बुधबार १०:३०

जुलाई १८ , टोकियो
हरि लामिछानेको अध्यक्षतामा गठन भएको नुवाकोट समाज जापानको नयाँ कार्यसमितिको पहिलो बैठकले जिल्लामा रहेको अस्पताल र विद्यालयमा भौतिक सामग्री सहयोग सहित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

राजधानी टोकियोमा सोमबार बसेको नयाँ कार्यसमितिको बैठकले सल्लाहकार नियुक्त, कार्यसमिति सदस्य मनोनयन सहित सचिवालयमा सल्लाहकारहरु नियुक्तको निर्णय समेत गरेको छ ।

नुवाकोट समाज जापानको सल्लाहकारमा राजकुमार पन्डित, उद्दब प्याकुरेल, डा। माधव सेढाई, द्रोण सिलवाल, जीबन केसी, जीवन थापा, ज्ञानेन्द्र पुडासैनि, राजेन्द्र अधिकारि, जयराम खतिवडा र गोकुल थापा गरि दश जनालाई नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको अध्यक्ष हरि लामिछानेले जानकारी दिनुभयो ।

त्यसैगरि कार्यसमितिमा नियुक्त गर्न बाँकी पाँच सदस्य मध्ये हालको लागि प्रदिप अर्याल, प्रल्हाद पुडासैनि र समिरदेव खनाललाई नियुक्त गरिएको र थप दुईजना पछि थप्ने निर्णय भएको बताईएको छ ।

गठन गर्न बाँकी सचिवालय सम्वन्धि अधिकार संस्थाका पदाधिकारीहरुलाई दिएको बैठकले नुवाकोट जिल्लामा रहेको अस्पताल सहित विभिन्न विद्यालयहरुमा भौतिक सामग्री सहयोग गर्ने महत्वपूर्ण निर्णय गरेको छ । तत्कालको लागि त्रिशुली हस्पिटललाई १० थान अत्याधुनिक व्ह्ील चियर उपलब्ध गराउने संस्थाको बैठकले निर्णय गरेको छ ।

यसैगरि साविकको तीन क्षेत्र रहेको नुवाकोटका तीनवटै क्षेत्रबाट १० वटा विद्यालय छनौट गरि प्रति विद्यालयमा तीनवटा कम्प्युटर उपलब्ध गराउने निर्णय समेत भएको छ । बैठकले कम्प्युटर अँग्रेजी नयाँ बर्षमा प्रदान गर्ने गरि अध्यक्ष तथा उपाध्यक्ष सहित महासचिवको टिमलाई जिम्मेवारी दिइएको छ ।

जापानमा रहनुभएका नुवाकोटवासी नेपाली तथा नुवाकोट जिल्लामा भैपरि आउने आपतकालिन समस्याहरुमा सहयोग गर्नको लागि समाजले आफ्ना सदस्यहरुबाट मासिक एकहजार येन संकलन गर्ने भएको छ ।

Comments

ताजा खबर