बेसाहरा बालबालिक तथा असाहे जेष्ठ आमा बुवा हरु को सहयोगार्थ सम्पन कार्यक्रम को खर्च,आम्दानी सार्वजनिक

२०७५, २ श्रावण बुधबार ०४:५१

जुलाई १८, टोकियो, विश्वाश ,

बाग्लुङ समाज जापानको आयोजनामा बेसाहरा बालबालिक तथा असाहे जेष्ठ आमा बुवा हरु को सहयोगार्थ कार्यक्रम सम्पन्न भएको साङ्गितीक साँझ को सम्पुर्ण खर्च,आम्दानी को हिसाब किताब यही २०१८/०७/१६ मा तेश्रो बैठक बसी सम्पन्न भयकोछ । समाज ले केही ढिला हुन गएकोमा मा माफी पनि मगेकोछ । साथै साङ्गितीक कार्यक्रम मा नेपाल बाट आयका अथिति कलाकार हरु केहि प्राबिधिक कारण जापान प्रबेस पास नपाएर नेपाल फर्केकाथिय ।  समाज ले निम्न प्रकार को स्पोन्सर तय गरेर कार्यक्रम सम्पन गरेको थियो। १ ईभेन्ट पाटनर :-बिस मान,२ गोल्ड स्पोन्सर :-दश मान,३ स्पेसल स्पोन्सर :-पाँच मान , ४ स्पेसल सपोटर :-तिन मान ,५ सपोटर एक मान देखी माथी आफु खुशी। बिबिध शीर्सक मा समाज ले आम्दानी :- १६०६३२६ एन जम्मा गर्न सफल भयो । यसरी समाज ले एक सय साठी मान छ हजार तिन सय छब्बीस (१६०,६३२६/-) नगत जम्मा गर्न सफल भएकोथियो र यसै कार्यक्रम सम्पन्न गर्नका लागी खर्च रकम बिभिन्न शिर्सक हरुमा खर्च गरेको थियो :- १ कलाकार को हवाई टिकट , २ कलाकार को पारिश्रमिक
हल, ३ साउन्ड सिस्टम भाडा साथै प्रचार प्रसार ,पत्रचार,ब्यानर, खादा, ब्याज ,प्रोजेक्टर , पोस्टर ,भिडियो क्लिपस, पानी बिबिध गरी
जम्मा खर्च (अन्ठाउन्न मान चार हजार सात सय पचहत्तर )(५८,४७७५) एन खर्च भयकोथियो । समाज ले खर्च कटाइ बचत (१०२,१५५१ )एक सय दुई मान एक हजार पाँच सय एकाउन्न बचत हुन आएको छ र समाज ले जुन उदेश्य लिएर कार्यक्रम आयोजना गरेका थियो चाडो भन्दा चाडो सम्बन्धित ठाऊमा हस्तान्तरण गरि पुन सम्पुर्ण हिसाब किताब को बिबरण पेस गर्ने जनएकोछ । सहयोग को लागी सम्पुर्ण सहयोग दाता, कलाकार र कार्यक्रम सम्पन्न गर्न बिभिन्न माध्यम, तरिकाबाट र स्वयं हलमा उपस्थित भैई हामी संग हातेमालो गरिदिनु हुने सम्पुर्ण प्रति समाज का अध्यक्ष सिद्धार्थ श्रेष्ठ ले समाज र आफ्नो तर्फबाट सबैलाई हार्दिक धन्यबाद एवं आभार प्रकट गरेकाछन् ।

Comments

ताजा खबर