सरकार लाई फोहार फाल्न रेल नै कुर्नुपर्ने हो ?नयाँ शक्ति पाटी

२०७५, १ श्रावण मंगलवार १४:२९

१ साउन, काठमाडौं । नुवाकोटको ओखरपौवा ल्यान्डफिल्ड साईटमा फोहोरको पहाड़ बनेर वर्षाले गाड़ी जान नसकेपछी काठमाण्डौ उपत्यकामा एक साता देखी फोहोर उठन सकेको छैन यति बेला उपत्यकाको फोहोरले दुर्गन्धित भएको छ ।

जव सम्म उपत्यकाको फोहोरको दिगो ब्यबस्थापन हुँदैन तव सम्म राजधानीबासीले यसरीनै फोहोरमाथी दुर्गन्धमा हिंड्न बाध्य भयर नयाँ शक्ति पार्टी नेपालले माइतीघर मण्डलामा जनप्रदर्शन गरेको छ । उसले जनजीविका, विकास लगायतका माग राख्दै मण्डलामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार ! फोहार फाल्न रेल नै कुर्नु पर्ने हो ?’ लगायतका नारा लगाएका थिए । पछिल्लो केही दिन काठमाडौंमा फोहोर व्यवस्थापन भएको छैन ।

 

 

Comments

ताजा खबर