२१ दिनदेखि बेपत्ता पोखरा महानगरका अधिकृत पौडेलको शव भेटियो

२०७५, ३० असार शनिबार १२:२२

२१ दिनदेखि बेपत्ता पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव तनहुँको भिमादस्थित सेती नदी किनार भेटिएको छ।पौडेलको शव शनिबार बिहान भीमादस्थित सेती नदीको किनारमा भेटिएको हो।

यही असार ९ गते पोखराबाट हराएका पौडेलको शव २१ दिनपछि फुलेको, गलेको अवस्थामा भेटिएको भीमाद प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए।उनका अनुसार मृतक अधिकृतका आफ्न्त तथा परिवारले शवको पहिचान गरेका छन्।

बेपत्ता हुनुअघि पौडेलले श्रीमतीका नाममा पत्र लेखी छोराछोरी जम्मामा छाडेर सधैंका लागि जान लागेको उल्लेख गरेका थिए।
उनले महेन्द्रपुलबाट सेती नदीमा हाम फालेको आशंकामा प्रहरीले त्यसै अनुरुप खाजी कार्य अगाडि बढाएको थियो।

Comments

ताजा खबर