ओली सरकारलाई सर्वोच्चको झड्काः दक्ष पौडेल सहकारी विकास बोर्डमा पुनर्बहाली

२०७५, ३० असार शनिबार ०६:३६

काठमाडौं । असार २० मा केपी ओली नेतृत्वको सररकारले गरेका निर्णय सर्वोच्च अदालतले उल्टाइदिएको छ । १४ भदौ ०७४ पछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा भएका सबै नियुक्तिहरूलाई हटाउने ओली सरकारको निर्णय सर्वोच्च अदालतले उल्टाउन थालेको छ ।

शुक्रबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । इजलासले दुवै पक्षलाई साउन १५ मा छलफलमा बोलाएको छ ।

Comments

ताजा खबर