मोदी चौथो पटक नेपाल आउँदै

२०७५, ३० असार शनिबार ०३:५६

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीकै हैसियतमा नेपालको चौथो भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री भए यताको चार बर्षमा मोदीले नेपालको चौथो भ्रमण गर्ने भएका हुन्।२०७५ वैशाख २८ गतेदेखि ३ दिने नेपाल भ्रमण गरेका मोदीले चौथो भ्रमण भने आगामी भदौमा गर्ने भएका हुन्।

मोदी यो पटक भने भदौ १४ र १५ गते हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउने भएका हुन्।यसअघी उनले आफू प्रधानमन्त्री भएपछिको दोस्रो भ्रमण नेपालमा गरेका थिए भने सार्क सम्मेलनमा भाग लिन दोस्रो पटक भारतीय प्रधानमन्त्रीको हैसियतमा नेपाल आएका थिए।

विमस्टेकमा नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, भुटान र श्रीलंका यसका सदस्य राष्ट्र हुन्। शिखर सम्मेलनमा यि देशका सरकार प्रमुखहरुले सहभागिता जनाउने छन्। बिम्स्टेकको यसअघि पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्डमा, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यान्मारमा सम्पन्न भइसकेको छ ।

चौथो बिम्स्टेक सम्मेलनको तयारी तीव्र गतिमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलन काठमाडौँमा गर्न नेपालले प्रस्ताव गरेको मितिमा सबै सदस्य राष्ट्रहरुबाट औपचारिक सहमति प्राप्त भएको छ ।

शिखर सम्मेलन आगामी भदौ १४ र १५ गतेको मितिमा सबै सदस्य राष्ट्रबाट औपचारिक सहमति प्राप्त भएसँगै सरकारले यसको तयारीलाई तीव्रगतिमा अघि बढाएको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए।

सम्मेलनको तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ । त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय,अर्थमन्त्रीको संयोजकत्वमा अर्थ र गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा,पारवहन तथा यातायात समिति गठन गरी आवश्यक कार्य अघि बढाइएको छ

सम्मेलनको तयारीकै लागि सारभूत विषय, समारोह,शिष्टाचार तथा साधन व्यवस्था,हवाई उड्डयन तथा संस्कृति,स्वास्थ्य,आयोजक र सुरक्षा तथा परिवहन व्यवस्थापन उपसमितिसमेत गठन गरिएका छन् । झण्डै बीस वर्षअघि स्थापना भएको बिम्स्टेकले सहयोगका १४ वटा क्षेत्र निर्धारण गरेर सदस्य राष्ट्रको चौतर्फी विकासमा योगदान पुर्‍याउँदै आएको छ ।

बिम्स्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, भुटान र श्रीलंका यसका सदस्य राष्ट्र हुन् । नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो । यसको सचिवालय सन् २०१४ मा बंगलादेशको ढाकामा स्थापना गरिएको हो ।

तयारीका लागि सरकारले सम्मेलनमा भाग लिनुहुने अतिविशिष्ट र विशिष्ट व्यक्तित्वका लागि सवारी साधनको व्यवस्थापन, खाने, बस्ने र सवारी सुविधासहितको स्वागतका व्यवस्थापनलगायत तयारीलाई अघि बढाएको छ। बिम्स्टेकका हालसम्म परराष्ट्र मन्त्रिस्तरीय १५ औं बैठक सम्पन्न भइसकेका छन् ।

१५औँ बैठक ११अगस्ट २०१७ मा काठमाडौँमा सम्पन्न भएको थियो । त्यस्तै वरिष्ठ अधिकारीस्तरीय १८ औं बैठक पनि सम्पन्न भइसकेका छन् । १७ औँ र १८ औँ बैठक क्रमशः फ्रेब्रुअरी र अगस्ट २०१७ मा काठमाडौँमा सम्पन्न भएका थिए । परराष्ट्र मन्त्रालयले बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताका लागि सबै सदस्य राष्ट्रका राष्ट्र प्रमुख सरकार प्रमुखलाई निमन्त्रणा पठाइसकेको छ।

Comments

ताजा खबर