गल्कोट समाज जापान नागोया क्षेत्रको अधिबेशन सम्पन्न, अध्यक्षमा गौतम

२०७५, २९ असार शुक्रबार १९:४९

बाग्लुंग गल्कोटबाट जापान आइ बिभिन्न पेसा, ब्यबसाय तथा अध्ययन गरेका गल्कोटेको साझा सस्था गल्कोट समाज जापानको पाचौ अधिबेशनको संघारमा बिभिन्न क्षेत्रीय समितिहरु आफ्नो क्षेत्रीय अधिबेशन गर्न व्यस्थ छन् ।

यसैबीच नागोयामा भएका गल्कोटेहरुको हिजो भएको नागोया क्षेत्रीय समितिको चौथो अधिबेशनले युवराज गौतमको अध्यक्षतामा ११ सदस्यीय गल्कोट समाज जापान नागोया क्षेत्रिय समिति (२०१८-२०२०) गठन गरेको छ ।
गल्कोट समाज जापानका सम्रक्षक मोहन

खत्री, सल्लाहकार सयोजक याम खत्री, उपाध्यक्ष द्वय भवानी पन्त, नर. ब थापा, केस घन ब. खत्री सल्लाहकार रामु अधिकारिको बिशेष उपस्थितिमा सम्पन्न अधिबेशनको उपाध्यक्षमा रामु थापा, हर्क बस्नेत रहेका छन् । समितिको सचिबमा मनोज के सी रहेका छन् र कोषाध्यक्ष अजय थापा(कालु) रहेका छन् ।

यसैगरि समितिको सदस्यहरुमा किसानलाल उप्रेती, गङ्गा घर्ति मगर, सोम चालिसे, नारायण खड्का, गोर्ख थापा, र धुर्ब कंडेल रहेका छन् । निर्बाचित समितिलाइ बधाईदिदै उपस्थित समाजका सम्रक्षक, सल्लाहकार सयोजक लगाएतले नागोयामा पहिले जस्तै सक्रिय गल्कोट समाज को क्षेत्र गराउन यो समितिले उत्साहित भएर काम गर्ने अपेक्षा गरेका छौ, बताएका छन् ।

गल्कोट समाज जापान बिभिन्न शहरहरुमा क्षेत्रिय समिति स्थापाना गरि आफ्ना गतिबिधि संचालन गर्दै आइरहेको जापानमा सामाजिक सस्थाहरुमा सबैभन्दा ठुलो सस्था हो । समाजका अहिले बिभिन्न ५ क्षेत्रमा क्षेत्रिय समितिहरु क्रियाशिल छन् ।

Comments

ताजा खबर