सरकारको दुई बुँदे पत्रपछि गंगामाया अधिकारीले तोडिन् अनसन

२०७५, २९ असार शुक्रबार १९:०२

काठमाडौं- वीर अस्ततालको आइसीयूमा अनशनरत गंगामाया अधिकारीले अनसन तोडेकी छन्।

जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन तोडाएका हुन्। सरकारका कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र गंगामायालाई दिइएको छ।

सरकारले दिएको पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। यसका साथै त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले माग गरेको प्रतिनिधि राख्‍ने गरी अनुगमन समिति बनाउने समेत पत्रमा लेखिएको छ।

Comments

ताजा खबर