३० हजार घुससहित लेखापाल पक्राउ

२०७५, २९ असार शुक्रबार ०३:५४

बारा । फेंटा गांउपालिकाका लेखापाल ३० हजार घुस सहित बिहिबार रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गांउपालिकाका लेखापाल सौरभ साहलाई घुस सहित पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेको नेतृत्वमा खटेको अख्तियारको टोलीले साहलाई ३० हजार घुस लिँदैगर्दा रंगेहात पक्राउ गरेको हो। साहलाई गाउँपालिकाको कार्यालयबाट पक्राउ गरेका हुन् ।

ग्रामीण सचेतना केन्द्र बरियारपुरलाई एचआईभी एडस सम्बन्धि सचेतना मुलक कार्यक्रमको एकलाखको भुक्तानी गर्न साहले ३० प्रतिशतका दरले ३० हजार घुस रकम लिएका थिए।

Comments

ताजा खबर