बुटवलबाट पोखरा जादै गरेको बस पाल्पाको भालेवासमा दुर्घटनामा परेको छ

२०७५, २८ असार बिहीबार ०८:५३

असार २८,भबिन्द्र गौतम ,पाल्पा – अहिले विहान पौने सात बजे बुटवलबाट पोखरा जादै गरेको बस पाल्पाको भालेवासमा दुर्घटनामा परेको बस सडकबाट १५ मिटर तल खोलामा खसेको छ । विहान बुटवलबाट पोखराका लागि जादै गरेको लु १ ख ७२७२ नम्वरको बस दुर्घटना हुदा करिव दुइ दर्जन घाइते भएका छन् ।

घाइतेहरुको उद्दार गरी प्रवास मेडिकल कलेज लगिदै गरेको जिल्ला ट्रफिक प्रहरी कार्यलय पाल्पाले जनाएको छ । पाल्पा बाट बुटवल तर्फ जाँदै गरेको बस र बुटवल बाट पोखरा तर्फ जाँदै गरेका बस तिब्र गति का कारण घुम्ति काट्न नसकी दुर्घटना भयको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

Comments

ताजा खबर