चीनलाई दिने गैंडा काठमाडौं ल्याईँदै

२०७५, २६ असार मंगलवार ०९:४५

चितवन असार २६ ,
चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको जोडी गैंडा आज काठमाडौं पठाइदै छ ।

गैंडा यही असार २८ गते चीन पठाइनेछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले स्थानीय सरोकार भएकाहरुसँग छलफल गरी सबैलाई जानकारी दिएर दिउँसो गैंडा काठमाडौं पठाउन लागिएको बताउनुभयो ।

गैंडालाई चीनसम्म छाड्न निकुञ्जकै वरिष्ठ चिकित्सक डा. कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक किरण रिजाल र तीन सहयोगीसमेत पठाउन लागिएको छ । काठमाडौँसम्म गैंडा छाड्न प्रमुख संरक्षण अधिकृत ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याललगायत जानुहुनेछ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार
निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा गैंडा पठाइएको थियो । पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो । बाह्र वर्षपछि फेरि अहिले गैंडा चीन पठाउन लागिएको हो ।

चीनलाई गैँडा उपहार दिँदै गर्दा चीनबाट जेन्ट पाण्डा ल्याउन सकेमा ठूलो उपलब्धि हुने उहाँले बताउनुभयो ।

Comments

ताजा खबर