योगेश भट्टराईले भने : डा. केसीको नाममा ‘इमोसनल ब्याकमेलिङ’

२०७५, २६ असार मंगलवार ०३:३४

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले डा. गोविन्द केसी र गंगामाया अधिकारीको नाममा ‘इमोसनल ब्याकमेलिङ’ भइरहेको बताएका छन् ।

डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग दिँदै सांसद भट्टराईले डा. केसी, गंगामाया र बालकृष्ण ढुंगेलका नाममा ‘इमोसनल ब्याकमेलिङ’ नगर्न आग्रह गरे ।

भट्टराईले कांग्रेस जोगाउन अब गोविन्द केसीको सहारा लिनुपर्ने अवस्था आएको हो भनी प्रश्न पनि गरे । डा. केसीलाई सरकारले गैरन्यायिक हिरासतमा राखेको भन्दै दाबी गलत भएको उनले बताए । नेकपाका सांसद भट्टराईले भने, उहाँ आफू खुसी जुम्लामा अनसन बस्नुभएको हो ।

यस्तो झुटो प्रस्ताव संसदमा ल्याएर समय खेर नफालौं ।’ उनले कांग्रेसलाई बचाउन गोविन्द केसी चाहिएको हो भनेर प्रश्न समेत गरेका छन् । काठमाडौंमा मेडिकल खोल्ने कि नखोल्ने सरकारले निक्र्यौल गर्ने भन्दै सांसद भट्टराईले मेडिकल कलेजहरुबारे छानविन गर्न संसदीय समिति बनाउन प्रस्ताव गरे ।

Comments

ताजा खबर